• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

बक्सिङमा नेपालकी अन्जनी तेली प्रि–क्वाटरफाइनलमा

काठमाडौं । नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोश्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५/० ले पराजित गरिन् । नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीका अनुसार अन्जनीले प्रिक्वाटरफाइनलमा मोन्टेनेग्रोकी बोजान गोज्कोभिकको सामना गर्नेछिन् ।
सो खेल शनिबार हुनेछ ।