दोस्रो अभ्यास खेलमा नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो अभ्यास खेलमा आज नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ ।नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे डलासस्थित ग्रान्ड पेरी क्रिकेट मैदानमा सुरु हुने छ ।

पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले स्तब्ध भएको थियो । आज घरेलु टोलीलाई पराजित गर्दै आधिकारिकरुपमा नेपाली टोली विश्वकपका लागि तयार हुने लक्ष्यमा रहेको छ ।आइसीसीको टी–२० वरियतामा नेपाल १७ औं तथा अमेरिका १९ औं स्थानमा रहेको टिम हो । क्यानडाविरुद्धको खेल गुमाएका दीपेन्द्रसिंह ऐरी आज अमेरिकाविरुद्ध खेल्ने छन् ।

विश्वकपकै अभ्यासका क्रममा वेस्टइन्डिजमा दीपेन्द्र घाइते भएकाले क्यानडाविरुद्धको खेल गुमाएका थिए । तर, उनी प्रशिक्षणमा फर्किएकोले आजको खेलमा खेल्ने सम्भावना अत्याधिक रहेको छ । विश्वकपमा नेपालले जुन ४ तारिखमा नेदरल्याण्डसँग खेल्दै प्रतियोगितामा सुरुआत गर्ने छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१