
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि ‘रिजेक्ट’ भएको छ ।
टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका सन्दीपलाई भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेकाे हाे ।
सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । नेपाली क्रिकेट समर्थकहरुले पनि उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।