काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा भत्काएको सडक सडक विभागले बनाउन थालेको छ । केहि दिन अघि महानगरपालिकाले केहि सडकको भाग भत्काएर फुटपाथ बनाउने बताएको थियो । जस अनुरुप सडक भत्काउँदा त्यहाँका स्थानियले विरोध जनाए ।
सोहि विषयलाई लिएर काठमाडौं महानगगरपालिकाका प्रमुख बालेन शाह र सडक विभागबीच वाक युद्ध चल्यो । बालेनले सडक भत्काएर फुटपाथ बनाउने विषयलाई सडक विभागले कानुन विपरित भएको भन्दै महानगरलाई कारबाहि हुने जनाएको थियो । त्यसैले कारबाहि स्वरुप महानगरले भत्काएको सडक सडक विभागले बनाउन लागेको छ ।
सडक विभागको कारबाहि भन्नाले विभागले बनाएको सडकमा लाग्ने लागल महानगरलाई तिराइने छ ।