काठमाडौं । कीर्तिमानी हिमाली आरोही निर्मल पुर्जा (निम्स) लाई हिमाल आरोहणमा प्रतिबन्ध लगाउन खोजेको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ । अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले सामाजिक सञ्जालमार्फत हिमाल आरोहणमा निम्सलाई रोक लगाउनु प्रकृतिमाथि नै सिन्डिकेट लगाउन चलखेल भएको उल्लेख गरेका छन् ।
उनले कांग्रेस सांसद राजेन्द्र बजगाईँले आफ्नै निजी जग्गा जसरी हिमालमा रोक लगाउन खोजेकोमा आक्रोश व्यक्त गरेका छन् । उनले लेखेका छन् ‘गोर्खाबाट निर्वाचित माननीय राजेन्द्र बजगाईँ ज्यू, हिमालहरु तपाई लालपुर्जामा भएको जमिन हो र ? आरोहि निर्मल पुर्जालाई हिमालमा ब्यान्ड गर्ने यहाँ खेल भइरहेको छ । प्रकृतिमा सिन्डिकेट खडा गरिन खोजिदैछ, एकाधिकार जमाउन खोजिदैछ । सरकार गम्भीर बनोस होइन भने निर्मल पुर्जा अन्नपूर्ण र धौलागिरीको काखमा जन्मिएको मान्छे हो हेक्का रहोस । हिमाल हाम्रो भुमिमा पनि छ ।’
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद बजगाईंले निर्मल पुर्जामाथि हिमालमा रोक लगाउन आग्रह गरेका थिए । उनले नेपालको बदनाम गर्ने हिमाल आरोहि निम्स दाईलाई हिमाल आरोहणमा रोक लगाउन भनेका हुन् ।
निम्सले आफूलाई यौन दुर्व्यवहार गरेको पूर्वमिस फिनल्यान्ड लोता हिन्स्टाले आरोप लगाएकी थिइन् ।