कान्ये वेस्टविरुद्ध यौन दुव्र्यवहारको मुद्धा

काठमाडौ । अमेरिकी मिडिया पर्सनालिटी किम कार्दासियनका पूर्व पति तथा अमेरिकी यापर तथा गायक कान्ये वेस्टविरुद्ध यौन दुव्र्यवहारको मुद्धा दर्ता भएको छ । कान्येका पूर्व असिस्टेन्ट लरेन पिस्सिओटाले उनीविरुद्ध मुद्धा दर्ता गराएकी हुन् ।

लरेनले कान्येले आफूमाथि गरेको सम्झौतालाई तोड्दै गलत किसिमले कामबाट निकालेको दाबी गरेकी छन् । लरेनले कान्ये र उनको कम्पनीविरुद्ध ‘ठगी’को मुद्धा पनि दर्ता गराएकी छन् । लरेन सन् २०१२ देखि सन् २०२२ सम्म कान्येको एसिस्टेन्ट थिइन् ।

लरेन्सले गत जून ३ मा मुद्धा दर्ता गरेकी थिइन् । उनले आफूमाथि कैयौं पटक लज्जास्पद हर्कत गरेको दाबी गरेकी छन् । यसबाहेक कान्येले आफूलाई कैयौं पटक अश्लील सन्देश र भिडियो पठाउने गरेको पनि दाबी गरेकी छन् ।लरेनले यसअघि कान्येका साथ सन् २०२१ मा रिलिज एलबम ‘डोन्डा’मा काम गरेकी थिइन् । यसबाहेक उनी गायकको वुमेन क्लोदिङ लाइनका लागि पनि काम गरेकी थिइन् ।

कान्येले लरेनलाई सन् २०२१ मा एनुअल मिलियन डलर तलब दिएर आफ्नो असिस्टेन्टका रुपमा हायर गरेका थिए । जसअन्तर्गत लरेन २४ सै घण्टा कान्येका साथ रहनुपथ्र्यो ।लरेनको दाबी अनुसार कान्येले उनलाई ओनली फेस एकाउण्ट हटाउन माग गर्थे । यसको सट्टा कान्येले लरेनलाई वर्षभरको एक मिलियन डलर दिने सहमति गरेका थिए ।लरेनले कान्येसँग जोडिएको केही समय पछि कान्येले उनलाई कैयौं अश्लिल सन्देश पठाउन सुरु गरेका थिए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१