नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिदैँ

काठमाडौं । भारतमा प्रधानमन्त्रीको सपथग्रहण जुन ८ मा हुने भएको छ । हालै सम्पन्न लोकसभाको निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदीआवद्ध एनडीए गठबन्धनले २९२ सिट ल्याएको छ ।

५४३ लोकसभा सदस्यका लागि बहुमतका लागि २७३ सिट आवश्यक पर्छ । उक्त बहुमतको आँकडा एनडीए गठबन्धनले पार गरेसँगै नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने सम्भावना बढेको हो ।

तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने बित्तिकै नरेन्द्र मोदीको नाममा नयाँ कीर्तिमान थपिनेछ । यसअघि यो कीर्तिमान जवाहरलाल नेहरूका नाममा थियो । मोदीले उक्त कीर्तिमान बराबरी गर्नेछन् ।

एनडीएको बैठक आज दिउँसो ४ बजे दिल्लीमा बोलाइएको छ । जसमा जेडियु प्रमुख नितिश कुमार, टीडीपी प्रमुख एन चन्द्रबाबु नायडू र अन्य नेताहरू सहभागी हुनेछन्। भाजपा संसदीय बोर्ड बैठक एनडीए सहयोगीहरु संग वार्ता पछि बस्नेछ ।

यसमा सरकार गठन र सपथ ग्रहणको रूपरेखाबारे छलफल हुनेछ । जेडीयू प्रमुख नितिश कुमार बुधबार बिहान दिल्ली पुगेका छन् । चन्द्रबाबु नायडू पनि दिल्ली पुग्ने सम्भावना रहेको छ ।उता, कांग्रेस आइलगाएतको इन्डिया गठबन्धनले पनि आन्तरिक रणनीतिहरु बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१