• २०८३ असार १४
  • 2026 June 28, Sunday

आगामी अमेरिकी निर्वाचनपछि पनि रुस–अमेरिका सम्बन्धमा कुनै परिवर्तन हुदैँन : राष्ट्रपति पुटिन

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जोसुकैले जिते पनि रुस–अमेरिका सम्बन्धमा कुनै परिवर्तन नहुने बताएका छन् । पुटिनले सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रमपछि ‘एसोसिएटेड प्रेस’लगायत अन्तर्राष्ट्रिय समाचार संस्थाका पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएका हुन्।

पुटिनले भने, ‘अमेरिकी जनताले जसलाई राष्ट्रपति चुन्छन्, हामी उहाँसँग काम गर्नेछौं ।’ यसअघि पुटिनलाई डोनाल्ड ट्रम्पसँग नजिक रहेको आरोप लाग्ने गरेको छ ।अमेरिकी चुनावमा रुसी ह्याकरहरुको प्रयोग हुने गरेको पनि चर्चा हुने गरेकाले पुटिनलाई ट्रम्पसँग जोड्ने गरेका थिए । तर, पुटिनले स्पष्टरुपमा अमेरिकी नेतृत्व जो आए पनि फरक नपर्ने भन्दै विगतका आरोपबाट पनि मुक्त हुन खोजेको रुपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले विश्लेषण् गर्न थालेका छन् ।
रुसी नेताले यस वार्षिक फोरममार्फत रुसको विकास देखाउने र लगानीकर्ताहरूलाई आकर्षित गर्ने प्रयास गरेका थिए ।

पत्रकारहरूसँग भेटघाटहरू अघिल्लो सत्रहरूको भाग भए पनि, पुटिनले युक्रेनमा सेना पठाएपछि सेन्ट पिटर्सबर्गमा आयोजित कार्यक्रममा पश्चिमी पत्रकारहरूको प्रश्नको जवाफ भने दिएनन् ।