गलकोट समाज जापानको क्षेत्रीय समिति कान्तो टोकियोको ७ औँ अधिवेशन जुन २० मा

टोकियो । ‘हाम्रो गाउँ, हाम्रो ठाउँ हातेमालो गरी समृद्ध बनाऔँ’ भन्ने मान्यताका साथ २००६ देखि जापानमा क्रियाशील गलकोट समाज जापान अन्तर्गतको क्षेत्रीय समिति कान्तो टोकियोको आगामी कार्यकाल(२०२४-२०२६)का लागि सातौँ अधिवेशन यहि जुलाई २० तारिकका दिन सिनओकुबो स्थित सोलमारी मुरा हलमा हुने भएको छ ।

नेपालमा मिनी नेपाललगायत विभिन्न नाम भनेर चिनिने बाग्लुङ जिल्लाको ऐतिहासिक पृष्ठभुमी बाेकेको गल्कोट र गल्कोटबाट कर्मभूमी जापान बनाउनु हुने सम्म्पूर्ण जापानवासी गल्कोटेहरुको साझा संस्था गल्कोट समाज जापान क्षेत्रीय समिती कान्तो टोकियोको अब आउने नयाँ कार्यकाल २०२४-२०२६ का लागि गलकोट नगरपालिका र ताराखोला गाउँपालिका भित्रका सबै वडाबाट प्रतिधित्व हुनेगरि सम्पूर्ण गल्कोटबासीकै अपनत्व सहितको समाज निर्माण गर्नका लागि सहभागिता रहेकोले त्यसको आवश्यक तयारीमा जुटेको क्षेत्रीय समितिका अध्यक्ष राजु बस्नेतले बताए ।

यस क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्नका लागि गलकोट समाज जापानका संरक्षक नरबहादुर थापाको संयोजकत्वमा गलकोट समाज जापानका केन्द्रीय सचिव डिलाराम निउरे र क्षेत्रीय समिति टोकियोका सल्लाहकार दुर्गाबहादुर खत्री सदस्य रहने गरि निर्वाचन समिति बनाएको संस्थाका सचिव दिपक सुवेदी(विप्लब)ले जानकारी दिए ।

निर्वाचन समितिले आफूलाई प्रदान गरेकाे जिम्मेवारीलाई पूरा गर्नका लागि आवश्यक गृहकार्यको सुरुवात गरेको निर्वाचन समितिका संयोजक नर बहादुर थापाले बताए ।

अबका केही दिनमा निर्वाचन समितिले निर्वाचन प्रकृयामा जानका लागि कान्तोबासी गलकोटेहरु बीचमा निर्वाचन आचारसंहिता, गठन प्रकृया, उमेदवारको योग्यता र उमेदवारी शुल्क, उमेदवारी दर्ता अन्तिम मिति, अन्तिम नामावली प्रकाशन, उमेदवारी माथि दावी विरोध, उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन सम्पुर्णको मिति र समय लगायतका विषयलाई संस्थाको पेजबाट सार्वजनिकसमेत गर्ने तयारीमा रहेको संयोजक थापाले जानकारी दिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१