टी-२० विश्वकप :  भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । टी-२० विश्वकप-२०२४ मा आइतवार बहु प्रतिक्षित भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुदैँ छ । खेल न्युयोर्कस्थित करिब ३४ हजार दर्शकक्षमता रहेको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुँदैछ।

विश्वकपको समूह ‘ए’ मा रहेका यी दुई टोलीमा भारतले एक खेलमा जित निकालेको छ भने पाकिस्तानले एक खेलमा हार व्यहोरेको छ।

पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो भने भारतले आयरल्यान्डलाई ८ विकेटले पराजित गर्दै सानदार जित हात पारेको थियो ।

टी२० विश्वकपमा यी दुई टोली सन् २०२२ पछि पहिलो पटक भिड्न लागेका हुन्। भारतले एक खेलबाट २ अंक बनाउँदै दोस्रो स्थानमा छ भने एक खेलमा हार भोगेको पाकिस्तान चौथो स्थानमा छ।

विश्व क्रिकेटमा यी दुई टोलीको खेल हरेक क्रिकेट समर्थकको प्रतिक्षामा हुने गर्छ। भारत र पाकिस्तानले पहिलो पटक अमेरिकामा क्रिकेट खेल्दैछ ।

खेल राति सवा ८ बजे सुरु हुनेछ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१