साधुटारबाट ‘ऊनको स्वीटर’ सुरु

काठमाडौं । पाँचथरको साधुटारबाट फिल्म ‘ऊनको स्वीटर’को मुहूर्तसँगै छायाङ्कन सुरु गरिएको छ । फिल्ममा नवीन चौहानको लेखन तथा निर्देशन छ । उनलाई लेखनमा सुरज कटुवालले सघाएका छन् ।

निर्देशक नवीनका अनुसार विपिन कार्की र मिरुना मगरको प्रमुख भूमिकामा अभिनय रहने फिल्मको सेड्युल ३५ दिनमा पुरा हुनेछ ।

फिल्ममा एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्ममा चिन्तनराज भण्डारीको छायांकन रहनेछ । फिल्म यो वर्षको शरद ऋतुमा रिलिज गर्ने निर्माण टिमको योजना छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१