सेयर परिसूचकमा झिनो गिरावट, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचकमा झिनो गिरावट हुँदा पनि कारोबार रकम भने बढेको छ । नेप्से ४.५९ अंकले घट्दै २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ छ ।

आइतबार २.९२ प्रतिशतले बढेको होटल तथा पर्यटन उपसमूहले परिसूचक थामेको छ । जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूह बढेको छ । व्यापार उपसमूहमा १.५४ प्रतिशतको गिरावट छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूह घटेका छन् ।

९७ कम्पनीको सेयरमूल्य बढ्दा इस्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटी होटल र कुथेली बुखारी साना जलविद्युतको सेयर बढेर सर्किट लागेको छ । भगवती हाइड्रोपावर र सामलिङ पावरको सेयरमा पनि सर्किटस्तरको बढोत्तरी छ ।

एनआरएन इन्फ्रास्ट्रचरको सर्वाधिक ३२ करोड ३ लाखको सेयर कारोबार भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको २१ करोड १३ लाख, सिटी होटलको १३ करोड ९७ लाख, पोखरा फाइनान्सको १२ करोड ३८ लाख र हाथवे इन्भेस्टमेन्टको ११ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

१४७ कम्पनीको सेयरमूल्य घट्दा बढी नोक्सानमा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता छन् । उक्त जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स, लक्ष्मी लघुवित्त, माईखोला हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरलगायतका सेयरमूल्य घटेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१