निम्सको छवि धुमिल्याउन अनेक प्रयास! कथित यौन दुर्व्यवहार आरोपितले हटाइन् तस्बिर

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पूर्जामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी पूर्व मिस फिनल्यान्ड लोट्टा हिन्स्टाले नेपालको प्राकृतिक क्षेत्रमा अश्लिल हर्कत गरेको तस्बिर आफ्नो इन्स्टाग्रामबाट हटाएकी छिन् ।

सोलुखुम्बु जिल्लाको गोक्यो हिमतालमा उनले एक पुरुषसँग नग्न तस्बिर खिचेर आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । अहिले उक्त तस्बिरहरु हटाएकी छिन् ।

केही दिन अघिमात्र अमेरिकी सञ्चार माध्यम न्युयोर्क टाइम्समा हिन्स्टाले आफूमाथि पूर्जाले दुर्व्यवहार गरेको समाचार प्रकाशित भएको थियो । काठमाडौंको एक होटलमा व्यापारिक छलफलका क्रममा पूर्जाले किस गरेको, होटलको कोठासम्म तानेर लगेको र कपडा खोलेको हिन्स्टाले न्युयोर्क टाइम्सलाई बताएको समाचारमा उल्लेख थियो ।

हिन्स्टा पनि एक पर्वतारोही हुन् । उनले आफ्ना साथीसँग मिलेर लेखेको एक पुस्तकमा पनि यो घटनाबारे उल्लेख भएको बताइएको छ । तर त्यो पुस्तकमा निर्मल पूर्जाको नाम उल्लेख भएको छैन ।

हिन्स्टाको उक्त आरोप निर्मल पूर्जाले अस्वीकार गरेका छन् । आरोप झुटो र अपमानजनक भएको उनको दाबी छ । उनीविरुद्ध पूर्जाले कानुनी उपचारको बाटो खोजेका छन् ।

पूर्जामाथि आरोप लगाएकी हिन्स्टाले अहिले इन्स्टाग्राममा नेपालको प्राकृतिक क्षेत्रमा खिचेको अश्लिल तस्बिर आलोचनाको डरले हटाइसकेकी छन् । चर्चाको लागि अश्लिल हर्कत गर्ने हिन्स्टाले चर्चाकै लागि पूर्जामाथि आरोप लगाएको अनुमान पनि गर्न सकिन्छ । उनले तस्बिरहरु हटाएपछि कहीँ नै कतै उनको पनि गल्ती भएको आशंका गर्न थालिएको छ ।

हिमाल आरोहणमा करिब ४० वटा विश्व रेकर्ड बनाएका आरोही पुर्जाले आफ्नो अन्तर्राष्ट्रिय छवि निकै ओजिलो बनाएका थिए । आफ्नो उक्त ओजिलो छवि धुमिल्याउन विविध प्रयास भइरहेको पनि उनको बुझाइ छ ।

केही समयअघि अनलाइन भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले पनि उनको बारेमा डकुमेन्ट्री बनाएको थियो । कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि अमेरिकाको फोलोरेडाको मेयरसमेतलाई पूर्जाले गाइड गरिसकेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१