‘नेपाल छिमेकी देशसँगमात्र निर्भर हुनु दुर्भाग्यपूर्ण’

काठमाडौं । राष्ट्रवादी केन्द्र नेपालका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर थापा (सागर) ले नेपाल छिमेकी राष्ट्रमा निर्भर भएको बताएका छन् ।

काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले नेपाल विदेशी उत्पादनमा निर्भर भएको भन्दै यस्तो अवस्थाको अन्त्यका लागि देशभित्रै उत्पादनको वातावरण बनाएर उत्पादन वृद्धि गर्नुपर्ने बताए ।

उनले भने, ‘आज हामी छिमेकी राष्ट्रमा यति निर्भर भइसकेका छौ, बाहिरबाट कपडा नआए लगाउने लुगा हुदैंन । खाद्यन्न नआए खानलाई केही हुँदैन । हाम्रो घरेलु उत्पादनलाई बढाउने हो भने यस्तो अवस्थाबाट मुक्त हुन सक्छौ । साथै हामीले देशभित्रै उत्पादनको वातावरण बनाएर उत्पादन वृद्धि गर्नुपर्छ ।’

यस्तै, नेपालमा राजनीतिक दल र व्यवस्था फेल भएको भन्दै त्यसको परिणाम स्वरुप नेपालका युवाहरु देशमा भविष्य नदेखेर विदेशिएको उनको भनाइ छ ।

उनले गिरीबन्धु टी स्टेट जग्गा प्रकरणको सन्दर्भमा पनि कुरा उठाउँदै सरकारले यसका बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१