काठमाडाैं । जुन १८ देखि २३ गतेसम्म इरानको इस्फाहनमा हुने जोर खाने खेलकुद प्रतियोगितामा नेपाली खेलाडी सहभागि हुने भएका छन् ।
यहि जुन १८ देखि २३ गतेसम्म इरानको इस्फाहनमा हुने जोर खाने खेलकुद प्रतियोगितामा ६ खेलाडी र एक पदाधिकारीलाई सान इन्टरनेशनल कलेजले विदाई गरेको छ ।
शनिबार कलेजले विदाई कार्यक्रमको आयोजना गरि क्याप्टेन मिलन राना मगर, खेलाडीहरु अन्नत अर्याल, अनुज सिंह श्रेष्ठ, किर्तन रज्जाक, विशेष खड्गी, ठाकुर डाँगी र टिम अफिसियल रितुराज सापकोटालाई विदाइ गरेको हो ।
कार्यक्रममा सान इन्टरनेशनल कलेजका अध्यक्ष डा. सुभाष घिमिरेले विश्व मञ्चमा प्रतिभालाई प्रदर्शन गरेर अनुभव बटुल्न खेलाडीलाई अनुरोध गरे । उनले भने ‘अन्तर्राष्ट्रिय जोरखाने खेल प्रतियोगितामा सहभागि हुने खेलाडीहरुप्रति अत्यन्त गर्व गर्दछौं । विश्व मंचमा आफ्नो प्रतिभालाई प्रदर्शन गरेर बहुमूल्य अनुभव प्राप्त गर्ने यो एउटा अद्भुत अवसर हो ।’
प्रतियोगितामा सहभागि हुनको लागि प्रतिभासालि खेलाडीहरु सहभागि भई उत्कृष्ट खेलाडीलाई छनौट गरिएको थियो। सान इन्टरनेशनल कलेजले खेलाडीहरुका लागि भरपूर सुविधाहरु र समर्थन प्रदान गर्दै आएको छ । सुविधा सम्पन्न प्रशिक्षणको सुविधा, दक्ष प्रशिक्षक तथा वृहत रुपले प्राज्ञिक शिक्षा प्रदान गर्ने गरेको छ ।
सान इन्टरनेशनल कलेजले उच्च गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरुको सर्वाङ्गिण पक्षको विकासमा केन्द्रित रहेको छ । कार्यक्रममा जोर खाने प्रतियोगिताका लागि खेलाडीहरुलाई तयारी गर्नमा महत्वपूर्ण भूमिका खेल्ने प्रशिक्षक, कर्मचारी र सर्मथकहरुप्रति अध्यक्ष घिमिरेले आभार व्यक्त गरेका थिए ।
सान इन्टरनेशनल कलेजका निर्देशक कर्णबहादुर शाहीकाे अध्यक्षता र कलेजका कार्यक्रम संयाेजक आशिषसिंह ठकुरीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।