संसदीय प्रक्रिया बुझन युनाइटेड एकेडेमीले गर्‍याे संसद भ्रमण (फोटो फिचर)

काठमाडौं ।युनाइटेड एकेडेमीले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुलाई नयाँ बानेश्वरस्थित संसद भवन भ्रमण गराएको छ ।

युनाइटेड एकेडेमि स्कुलका कक्षा १० का २ सय ४० जना, कक्षा ७, ८ र ९ का १५, १५ जना र ६ जना अन्य गरि २ सय ९१ विद्यार्थी र १३ जना शिक्षकसहित ३ सय ४ जनाले बुधवार संसद भवन अवलोकन गरेका हुन् ।

सामाजिक अध्ययन विषय अन्तर्गत रहेको पाठ्यक्रममा आधारित विषयवस्तु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको बारेमा विद्यार्थीहरुले पुस्तकमै अध्ययन गरेपनि विद्यार्थीहरुको प्रत्यक्ष सिकाइका लागि संसद भवन भ्रमण गरिएको युनाइटेड एकेडेमीका शैक्षिक प्रमुख चिरञ्जीवि निरौलाले बताए ।

देशमा भइरहेका तत्कालिन समसामयिक विषयवस्तुको बारेमा जनाकारी गराउनका लागि पनि उपयुक्त हुने भएकाले संसदको भ्रमण गराइएको प्रमुख निरौलाले बताए ।

संसद भवन अवलोकनपश्चात विद्यार्थीहरुले आफुहरुले अध्ययन गरिरहेको सामाजिक विषयलाई पनि सहयोग पुग्ने र देशको राजनीतिक विषय बुझ्न सहयोग हुने प्रतिक्रिया दिए ।

युनाइटेड एकेडेमी स्कुल कक्षा १० सम्म ललितपुरस्थित इमाडोलमा छ भने कक्षा ११ र १२ कुमारीपाटीमा छ । नेपालकै ग्रेड ‘ए’ मा पर्ने युनाइटेड एकेडेमि स्कुलमा राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेका सम्पूर्ण विषयहरुको अध्यापन गराइन्छ ।

 

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१