• २०८३ साउन १
  • 2026 July 17, Friday

संसदीय प्रक्रिया बुझन युनाइटेड एकेडेमीले गर्‍याे संसद भ्रमण (फोटो फिचर)

काठमाडौं ।युनाइटेड एकेडेमीले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुलाई नयाँ बानेश्वरस्थित संसद भवन भ्रमण गराएको छ ।

युनाइटेड एकेडेमि स्कुलका कक्षा १० का २ सय ४० जना, कक्षा ७, ८ र ९ का १५, १५ जना र ६ जना अन्य गरि २ सय ९१ विद्यार्थी र १३ जना शिक्षकसहित ३ सय ४ जनाले बुधवार संसद भवन अवलोकन गरेका हुन् ।

सामाजिक अध्ययन विषय अन्तर्गत रहेको पाठ्यक्रममा आधारित विषयवस्तु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको बारेमा विद्यार्थीहरुले पुस्तकमै अध्ययन गरेपनि विद्यार्थीहरुको प्रत्यक्ष सिकाइका लागि संसद भवन भ्रमण गरिएको युनाइटेड एकेडेमीका शैक्षिक प्रमुख चिरञ्जीवि निरौलाले बताए ।

देशमा भइरहेका तत्कालिन समसामयिक विषयवस्तुको बारेमा जनाकारी गराउनका लागि पनि उपयुक्त हुने भएकाले संसदको भ्रमण गराइएको प्रमुख निरौलाले बताए ।

संसद भवन अवलोकनपश्चात विद्यार्थीहरुले आफुहरुले अध्ययन गरिरहेको सामाजिक विषयलाई पनि सहयोग पुग्ने र देशको राजनीतिक विषय बुझ्न सहयोग हुने प्रतिक्रिया दिए ।

युनाइटेड एकेडेमी स्कुल कक्षा १० सम्म ललितपुरस्थित इमाडोलमा छ भने कक्षा ११ र १२ कुमारीपाटीमा छ । नेपालकै ग्रेड ‘ए’ मा पर्ने युनाइटेड एकेडेमि स्कुलमा राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेका सम्पूर्ण विषयहरुको अध्यापन गराइन्छ ।