युरोकप : आयोजक जर्मनीलाई लगातार दोश्रो जित, हंगेरी २–० ले पराजित

काठमाडौं । आयोजक राष्ट्र जर्मनीले युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । समूह ए मा रहेका जमर्नले बुधवार राति भएको खेलमा हंगेरीलाई २–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा जमाल मुसियाला र गुन्डोगानले एक एक गोल गरेका थिए ।

स्टुगार्ट मैदानमा भएको खलको २२ ओं मिनेटमा मुसयालाले गोल गर्दै अग्रता दिलाए । उनले गुन्डोगानको पासमा गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा अरु १ गोल थपेको थियो । जर्मनीका लागि गुन्डोगानले ६७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

उनले म्याक्सी मिलानको पासमा गोल गरेका थिए ।जितसँगै समूह एमा जर्मनी ६ अंकका साथ शीर्ष स्थानमा छ । पहिलो खेलमा स्कटल्याण्डलाई जर्मनीले पराजित गरेको थियो । हंगेरीको भने यो लगातार दोस्रो हार हो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१