• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

जम्बो टोली लिएर एमाले उपमहासचिव चीन भ्रमणमा जाँदै

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहितको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेको छ।

रिमाल नेतृत्वको ३० सदस्यीय उक्त टोली चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा १० दिने चीन भ्रमणमा जान लागेका हुन्।टोलीले भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टीको उच्च तहका नेतासँग भेटवार्ता गर्ने एमालेले जनाएको छ ।

उक्त नेताका टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले आवश्यक निर्देशनसहित सोमबार विदाइ गरेका हुन् ।

टोलीमा एमाले सांसद महेश बस्नेत, नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, लालबहादुर थापा, इन्दिरादेवी गौतमलगायतका सहभागी छन् ।