• २०८३ असार १५
  • 2026 June 29, Monday

परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच शिष्टाचार भेट

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ।

बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङले दुईपक्षीय शिष्टाचार भेट गरेका हुन् ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गरे।

यस्तै, नेपालसँग जोडिएका सीमा नाकाहरु सुचारु गर्ने सम्बन्धमा समेत मन्त्री श्रेष्ठले छलफल गरेका छन् ।