
काठमाडौं । आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा फेल भएका परीक्षार्थीहरुका लागि ग्रेड वृद्धि परीक्षाको मिति तय गरिएको छ ।
२ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्ममा १ लाख १५ हजार ८३४ अनुत्तीर्ण भएका छन् भने ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।
परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख २२ हजार ४ सय ७२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका छन् ।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी (एनजी) फेल भएका छन्। २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ। यस्तै, १८६ जनाले चार जीपिए ल्याएका छन्।