• २०८३ साउन १
  • 2026 July 17, Friday

एसईई नतिजा : लिखुपिके गाउँपालिकाका ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले बिहिवार सार्वजनिक गरेको माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजामा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका ९३ प्रतिशत विद्यार्थीले उत्तीर्ण गरेका छन् ।

विहिबार प्रकाशन भएको नतिजा अनुसार गत शैक्षिक सत्रमा कक्षा १० को माध्यमिक शिक्षा परिक्षा एसईई दिएका ७७ जना विद्यार्थी मध्ये ९३ प्रतिशत अर्थात ७१ जना विद्यार्थीले एसईई परीक्षा उत्तीर्ण गरेका हुन् ।

गाउँपालिकामा रहेका ३ वटा माध्यमिक विद्यालयबाट परीक्षामा सहभागि भएका ७७ जना विद्यार्थीहरुमध्ये चन्द्रज्योति माध्यमिक विद्यालयका २३ जना अर्थात सात प्रतिशत, माध्यमिक विद्यालयबाट परीक्षामा सहभागि भएका २८ जना मध्ये २६ जना अर्थात ९८ प्रतिशत विद्यार्थीहरुले कक्षा १० को एसईई परीक्षा उत्तीर्ण गरेका छन् । यस्तै बुद्ध माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी २६ जना विद्यार्थीहरुमध्ये २३ जना अर्थात ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका शिक्षा शाखा संयोजक रेखराज बस्नेतले बताए ।

अघिल्लो वर्ष ९१ प्रतिशत नतिजा हात पारेको गाउँपालिकाले यस वर्ष ३ दशमलव ५ प्रतिशत बढाउन सफल भएको गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले बताए ।

आफै पूर्व शिक्षक समेत रहेकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागी जनप्रतिनिधिको रुपमा पालिकाको नेतृत्वमा आएपछि भरपुर लगानी गरिरहेको समेत अध्यक्ष कार्कीले बताए ।

स्थानीय सरकारले गरेको लगानी यस पटकको सुधारोन्मुख नतिजाले खेर जान नदिएको भन्दै उनले खुसी भएको बताए ।