• २०८३ साउन १
  • 2026 July 17, Friday

‘मनमा तिम्रो’ गीतमा गायिका स्वरुपा फरक अवतारमा

काठमाडौं । मनमा तिम्रो बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायिका स्वरुपा सुवालको स्वर रहेको पप शैलीको गीतमा स्वरुपाले प्रेममा विश्वाघात गर्नेहरुसँग आफ्नो चोखो माया साट्न नसक्ने अडान लिएर अघि बढेको दृश्यलाई देखाइएको छ ।

आफूले धेरै चाहना राख्दाराख्दै पनि निष्ठुरीले परस्त्रीसँग सम्बन्ध राखेको भन्दै आफ्नो बाटो लागेको त्रिकोणात्मक प्रेम कथालाई भिडियोमा देखाइएको छ ।

गायिका स्वरुपाकै शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा राजन इशानको एरेन्ज रहेको छ । मनमा सजाएको प्रेमीले धोका दिएपनि आफ्नो जीवनको साहसिक यात्रा गर्न रुचाउने एक चेलीको कथालाई नजिकबाट देखाइएको भिडियो सुन्दर नगरी पोखरामा छायांकन गरिएको हो । जसमा गायिका स्वयमसँग ह्याण्डसम मोडल विकास लामिछानेले गज्जबको अभिनय गरेका छन् ।

भिडियोमा स्वरुपासँगै विकास खुलेर प्रश्तुत भएका छन् । सुब्रत आचार्यको कन्सेप्ट तथा निर्देशनमा तयार भएको भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको गायिका स्वरुपा बताउँछिन् ।

भन्छिन्, ‘आफूले मनमा सजाएको मान्छे बिना पनि जीवन एक संभावना हो भन्ने कुरालाई भिडियोमा देखाउन खोजिएको हो ।’

ओएसआर डिजिटलबाट रिलिज गरिएको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । जसको क्रियटिभ डाइरेक्टर जया शर्मा हुन् ।