काठमाडौं । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज (केडीसी) ले न्युरोमस्कुलर डेन्टिष्ट्रि विभाग सञ्चालनमा ल्याएको छ ।
शुक्रवार आयोजना गरिएको उद्धाटन कार्यक्रममा बोल्दै केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने, ‘अनुहारको हाड जोर्नी (टीएमजी) को समस्या मोटोपन वा अन्य कारणले घुर्ने समस्या, टाउको अनुहार दुख्ने समस्या, दाँत एवं अनुहारको आकृति नमिलेको समस्या, खेलकुद सम्वन्धि दन्त चिकित्सक जस्ता समस्याहरुको लागि विना शल्यक्रिया वा शल्यक्रियासहितको उपचार सेवा दिनका लागि यो विभाग सञ्चालनमा ल्याइएको हो ।’
केडीसीमा विसं २०७३ साल देखि नै आथ्र्रोस्कोपी, दाग विनाको टीएमजे सर्जरी र टीजेआर (अनुहारको हाड जोर्नी प्रत्यारोपण) जस्ता सेवाहरु सञ्चालनमा छ । तर यसपटक आफूहरुले यी सेवालाई थप परिस्कृत गर्नका लागि विश्वकै उत्कृष्ठ मानिने ‘के ७’ भनिने ज ट्रयाकर, ‘जे ५’ टेन्स, ओक्लुसेन्स, निद्रा तथा घुर्ने समस्या अध्ययन गर्ने जस्ता नयाँ उपकरण भित्र्याएको अध्यक्ष डा। श्रेष्ठले बताए ।
उनले भने, ‘यस किसिमको बहु विभागीय चिकित्सा सेवा एउटै छानामुनी विश्वभरमा नै बिरलै मात्रै स्थापना भएको हुन्छ । यसमा न्युरोमस्कुलर डेन्टिष्ट्रि, क्रेनियोफेसियल सर्जरी, इएनटी, स्लिप मेडिसिन, न्युरोलोजी, अर्थो डोन्टिक्स, लगायतका अन्य दन्त सेवा विभागको सहकार्य रहने छ।’
नयाँ सेवाका लागि दन्त विशेषज्ञ चिकित्सहरु डा। अंकित शाह, डा। प्रतिक्षा श्रेष्ठ र बरिष्ठ क्रेनियोफेसियल सर्जन डा। सुमित सिंह क्रियाशिल रहने केडीसीले बताए । उनीहरु विश्वचर्चित संस्था इन्टरनेशनल कलेज अफ क्रेनियोमाण्डीबुलर अर्थोेडिक्स (आईसीसीएमओ) अन्तर्गत विश्वको विभिन्न ठाउँमा स्थापित शाखा संस्थामा तालीम तथा फेलोसिप लिएका चिकित्सकहरु भएको उनले बताए ।
उनले भने, ‘नेपालमा करीब दश मध्ये ४ अर्थात ४० प्रतिशतमा अनुहारको हाडजोर्नी (टीएमजे) को समस्या देखिन्छ । तर यी बिरामीहरु समयमै उपचारका लागि सही ठाउँमा पुग्न सकेका छैनन् । ‘अब भने यस्तो समस्या भएका व्यक्तिले केडीसीमा सेवा छ भनेर आउँदा धेरै सहज हुन्छ ।’
नेपालमा सर्वसाधारणमा अधिकतम संख्यामा देखिने तर जटिल नमानिने यस्ता समस्याको बहु विभागीय दन्त चिकित्सा सेवा प्रदान गर्न चिकित्साशास्त्र अन्तर्गत दन्त स्वास्थ्यको दशौँ विधाको रुपमा स्थापित भएको समेत उनले बताए ।