• २०८३ असार १५
  • 2026 June 29, Monday

बूढीगण्डकी कोरिडोर निर्माणको सुनिश्चितता गर्न माग गर्दै प्रधानमन्त्रीलाई बाबुरामले बुझाए ज्ञापन पत्र

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनाको निर्माण सुरु गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएका छन् ।

अध्यक्ष भट्टराईले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै भदौ मसान्तसम्म आयोजना निर्माणको सुनिश्चितता गर्नका लागि सरकारलाई अल्टिमेटम दिएका हुन् ।बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनालाई सरकारमा आउनेहरुले भकुण्डो बनाएको उल्लेख गर्दै अब पनि आफुहरूको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘नयाँ ऐन बनाएको छैन । पुरानो ऐन अनुसार समिति बनाएर काम अघि बढाइएको थियो । सुरु भएको सात वर्षभित्र जुन सुरु हुने भनिएको जुन परियोजना हो । त्यसको सरुवात बल्ल १० वर्ष हुँदासम्म सुरुवात समेत भएको छैन । र बिचमा प्रत्येक सरकार फेरिने बित्तिक्कै जुन चलखेलको आशंकासहित बुढिगण्डकी आयोजनालाई भकुण्डो जस्तो बनाइँदैछ ।

त्यसले यो नबन्ने दिसातर्फ भएको हो कि भन्ने मेरो आशंका छ । त्यसैले म यसको महलकर्ताको नाताले मैले गोर्खा र धादिङका सांसदहरुसहितका चाहानाहरु समेत बुझेर मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छु । माग पुरा नभए आन्दोलन गर्छौं ।’
अहिलेको विद्युत प्राधीकरणअन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको संरचनाले उक्त आयोजना निर्माण गर्न नसक्ने उनको भनाइ छ ।