
काठमाडौं । मेटा स्वामित्वको निकै रुचाइएको सामाजिक सञ्जाल एप इन्स्टाग्राम एउटा नयाँ तथा बहुप्रतिक्षित फिचर ‘एआई स्टुडियो’ सञ्चालनमा ल्याउँदैछ ।
मेटाका सीईओ मार्क जुकरगर्बले हालै इन्स्टाग्रामको उक्त फिचर घोषणा गरेका हुन् ।
संसारभरि दुई अर्ब चार करोड सक्रिय प्रयोगकर्ता रहेको इन्स्टाग्रामकोे एआई स्टुडियो फिचरको सहयोगबाट प्रयोगकर्ताले आफ्नो एआई भर्सन तयार गर्न सक्ने सीईओ जुकरगर्बले बताए । आफ्नो ब्रोडकास्ट च्यानलबाटै जुकरबर्गले इन्स्टाग्राममा एआई स्टुडियो फिचर ल्याउने बताएका थिए ।
हालै यो फिचर अमेरिकामा बिटा टेस्टरका लागि उपलब्ध छ । छिट्टै नै यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने जुकरबर्गले बताए ।
यो फिचर आएसँगै राम्रो संख्यामा फलोअर्स भएका प्रयोगकर्ताले आफ्नै एआई भर्सन बनाउन, मेसेजको जवाफ दिने तथा कम्युनिटीसँग कुराकानी गर्न आफ्नो एआई अवतारको प्रयोग गर्न सकिने उनले बताए ।
इन्स्टाग्राम मेटा स्वामित्वको लोकप्रिय सोसल मिडिया एप मध्य एक हो ।