देउवाले गरे माधव नेपालको योगदानको तारिफ

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा संविधान निर्माणमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

आइतबार नेकपा एसका महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले मुलुकमा शान्ति स्थापना गर्ने र संविधान निर्माण गर्ने सवालमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले भने, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्न महत्वपूर्ण एजेण्डा हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति गहिरो प्रतिवद्धताका साथ नेकपा एसले महत्वपूर्ण कार्य गरेको छ ।

भविश्यमा पनि यसको निरन्तरता रहन्छ भन्ने विश्वास लिएको छु । देशको राजनीतिमा मूलुकमा शान्ति स्थापना गर्ने सवाल होस् या संविधान निर्माण गर्ने सवाल होस् । माधवजीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१