महाधिवेशन छोडेर आले भारततर्फ

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका नेता एवम पूर्व मन्त्री प्रेम आले पार्टी महाधिवेशन छोडेर भारत गएका छन् ।

महाधिवेशन सुरु हुनु केही दिन अघि नै उनी भारतको देहरादुनस्थित मसुरी पुगेका छन् । उनले मसुरीबाट सामाजिक सञ्जालमा सेल्फी पोष्ट गरेका छन् ।

आले केही समयदेखि पार्टी नेतृत्वसंग असन्तुष्ट छन् । पार्टी निर्माणका द‍ाैरान महत्त्वपूर्ण भुमिका खेलेका आले महाधिवेशन छोडेर जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । कतिपयले आले नयाँ पार्टी खोल्ने गृहकार्यमा लागेको अनुमान गरेका छन् ।

आले डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पर्यटनमन्त्री हुँदा उनले थुप्रै सुधारका काम गरेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१