सुरु हुने वित्तिकै प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बारेमा सांसदले उठाएका मौखिक प्रश्नहरूको सम्बन्धीत मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको थियो ।

उक्त कार्यसुचि बमोजिम कुनै पनि मन्त्रीहरु उपस्थित नहुँदा सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१