• २०८३ असार १३
  • 2026 June 27, Saturday

प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरुको निःशुल्क उपचारको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले, प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउन राज्यका सबै संयन्त्रहरुलाई प्रभावकारी ढगंले परिचालनका लागि आग्रह गरे ।

उनले भने,‘प्राकृतिक विपत्तिमा परेर घाइते सबै नेपाली नागरिकहरुका लागि निशुल्क उपचारको व्यवस्था मिलाइकन थप क्षतिहरु न्यूनीकरणका निमित्त राज्यका सबै संयन्त्रहरुलाई प्रभावकारी ढगंले परिचालनका निमित्त आग्रह गर्न चाहान्छु ।’

उनले शान्ति प्रक्रियाको काम अझैपनि टुङ्गो लाग्न नसकेको भन्दै चाँडो भन्दा चाँडो टुङ्ग्याउन माग गरे ।