• २०८३ असार १५
  • 2026 June 29, Monday

निलम्बित महामन्त्रीको ३२ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको छ ।

बिहीबार रास्वपाका कार्यवाहक महामन्त्री मनीष झाले प्रतिवेदन सार्वजनिक गरेका हुन्।

प्रतिवेदन ३२ पृष्ठ लामो छ । समिक्षा प्रतिवेदनमा रास्वपाप्रति नागरिकको विश्वास घट्दै गएको महामन्त्रीले बताएपछि रास्वपाभित्र विवाद भइरहेको छ । बुधबार केन्द्रीय समितिमा पेस भएको प्रतिवेदनमा सदस्यहरूले धारणा राखेपछि बिहीबार सार्वजनिक गरिएको हो।

केन्द्रीय सचिवालयको निर्णयअनुसार ६ जेठदेखि एक महिना अवधिमा ३८ जिल्ला पुगेर ढकालले प्रतिवेदन तयार पारेका थिए। १२ असारमा पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउँदै सार्वजनिक गर्न माग गरेका थिए।

प्रतिवेदनका केही अंश पहिले नै मिडियामा सार्वजनिक गरेको भन्दै केन्द्रीय अनुशासन आयोगले महामन्त्री ढकाललाई १४ असारमा स्पष्टीकरणसमेत सोधेको थियो।