
काठमाडाैं । कलेज अफ बिजनेश म्यानेजमेन्ट (सीबीएम)ले छात्रवृत्ति योजना घोषणा गरेको छ । काठमाडौंको डिल्लीबजारस्थित कलेजले आगामी शैक्षिक सत्रका लागि दिने छात्रवृत्ति घोषणा गरेको हो ।
कलेजले आगामी शैक्षिक सत्रका लागि अधिकतम् ५०० जनालाई छात्रवृत्ति प्रदान गर्ने बताएकाे छ ।
कलेजमा अध्ययन गर्न आउने विभिन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल सुमन न्यौपानेले जानकारी दिए । उनका अनुसार विभिन्न आधारमा एक/एक सय जना विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति उपलब्ध गराइने छ ।
गरिब तथा पिछडिएको वर्ग, जेहनदार तथा मेहनती, खेलकुदमा रुचि भएका, संगीत तथा नृत्यमा रुचि राख्ने र अन्य प्रयोगात्मक विषय तथा अध्ययनसँगै कार्यदक्षता हासिल गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिइने उनले बताए ।
छात्रवृत्तिका लागि असार २४ गते प्रवेश परीक्षा हुनेछ । काठमाडौंबाहिर रहेका विद्यार्थीले डिजिटल माध्यमबाट पनि प्रवेश परीक्षा दिन सक्ने उनको भनाइ छ । डिजिटल माध्यमबाट प्रवेश परीक्षा दिनका लागि कलेजकाे वेबसाइट https://cbm.edu.np/ मार्फत दिन सकिन्छ ।
कलेजले विगतका वर्षमा पनि छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । २५ वर्ष पुरानो कलेज हाल युवा व्यवस्थापकले सम्हालिरहेका छन् ।