• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सान इन्टरनेशनल कलेजद्वारा हेल्थ क्याम्प कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका १४, नैकापमा अवस्थित सान इन्टरनेशनल कलेजको प्राङ्गणमा  हेल्थ क्याम्प सम्पन्न भएको छ ।

चन्द्रागिरी नगरपालिकाका स्थानीयबासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै स्वास्थ्य अवस्थाप्रति सजग बनाउने उद्देश्यले शनिवार हेल्थ क्याम्प सञ्चालन गरिएको सान कलेजका कार्यक्रम संयोजक आशिक सिंह ठकुरीले बताए ।

सो हेल्थ क्याम्पमा  रजिष्ट्रेसन, स्केलिङ, रेडियोग्रफी, सुगर टेस्ट, दन्त सेवा, गाइनो सेवा, ई. एन. टि  सेवा, मोतिबिन्दु लागेको व्यक्तिलाई चेकअप र अपरेशन, नि:शुल्क परामर्श सेवा र परीक्षणपछि नि:शुल्क औषधी वितरण गरिनुका साथै रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक ठकुरीले बताए ।

ओम समाज डेन्टल हस्पिटल, लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण योग र लायन्स क्लब अफ सायासँगको सहकार्यमा सान कलेजले हेल्थ क्याम्प सञ्चालन गरेको थियो ।

सो हेल्थ क्याम्पबाट २०० जना सेवाग्राहीहरुले लाभ लिएको सान इन्टरनेशनल कलेजका चेयरपर्सन डा. सुबास घिमिरेले बताए ।

चेयरपर्सन डा. घिमिरेले भने, ‘कुनै पनि मान्छे बिरामी भएको बेला स्वास्थ्य उपचारबाट वञ्चित नहोस् भन्नको लागि यो हेल्थ क्याम्प सञ्चालन गरिएको हो । साथै मानिसहरूले आफ्नो स्वास्थ्य अवस्था प्रति जागरुक रही एवं आवश्यकता अनुसार परीक्षण गर्नु पर्ने चेतना अभिवृद्धि गर्न पनि यो हेल्थ क्याम्पको आयोजना गरिएको हो ।’

हेल्थ क्याम्पमा सान कलेजका विद्यार्थीहरु भोलेन्टियर भएर कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्‍याएका थिए ।