लुटपाटमा संलग्न ३ जना अत्याधुनिक हतियारसहित पक्राउ

काठमाडौ। हतियार देखाएर लुट्दै हिड्ने लुटेरा समुहलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

आइतबार साझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समुहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो ।प्रहरीले ६ जना पक्राउ गरेको थियो तर पक्राउ परेका ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरिले जनाएको छ ।

पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पुर्णप्रसाद भण्डारि र वडा न ४ का कमल थापा रहेका छन् ।

घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिएका छन् ।लुटेरा समुहले गाँउका २४ वटा घर, एउटा गुम्बाबाट सुन ३५ तोला, चाँदि ९९४ दशमलव ५ तोला, बुद्धको मूर्ती, रिणिमोक्क्ष माइको मुर्ती, मुगाको माला ९५ तोला, यार्सा, मोवाइल र ५० लाख २५ हजार नगद लुटेको स्थानियहरुले जाहेरि दिएका छन् ।

घटना भएको झण्डै एक महिनापछि लुटपाटमा संलग्न आठ जनाको टिम मध्ये प्रहरीले ३ जनालाइ पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक थापाको भनाई छ ।

प्रहरीले उनीहरुको साथमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल पनि बरामद गरेको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१