काठमाडौं । निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गर्न रास्वपाको अनुशासन आयोगले सिफारिस गरेको छ ।
महामन्त्री ढकालले गत बुधवार बसेको बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीको विरुद्ध गतिविधि गरेको भन्दै रास्वपाको केन्द्रिय समितिको बैठकले एक साताका लागि निलम्बन गरेको थियो ।
ढकालमाथि गर्नुपर्ने थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो । सो सिफारिसबारे केन्द्रिय समितिको बैठकमा छलफल भइरहेको छ ।