त्रिवि उपकुलपतिलाई भेट्न क्यूआर कोडबाट अग्रिम समय लिनुपर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक एवं अनुसन्धानक लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि क्यूआर प्रयोग गरी अग्रिम समय लिनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।

बराल गत फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१