
काठमाडौं । नेकपा माओवादी केन्द्रले दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक आह्वान गरेको छ।
बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्न लागेको हो ।
असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतबारे छलफल हुने र समग्र राजनीतिक परिस्थितिको बारेमा सांसदहरुलाई जानकारी गराउन बैठक बोलाइएको प्रमुख सचेतक हितराज पाण्डे बताए ।