निम्स्ट र ग्लाेबल अस्पतालकाे स्वामित्व लिएर सान कलेजले सुरु गर्‍यो प्राविधिक विषयकाे अध्यापन

काठमाडाैं । सान इन्टरनेशनल कलेजले नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड टेक्नोलाेजी (निम्स्ट)काे स्वामित्व ग्रहण गरेकाे छ । स्वामित्व ग्रहणपश्चात अब सान इन्टरनेशनल कलेजमा प्राविधिक तथा व्यावसायिक शिक्षा पनि सुरु भएकाे छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर कलेजले एच. ए, स्टाफ नर्स, बी. फार्म, रेडियाेलाेजी, ल्याब असिस्टेन्टलगायतका विषयहरुकाे पठन–पाठन सुरु गरेकाे हाे ।

सान इन्टरनेशनल कलेजले निम्स्टसहित ग्लाेबल अस्पतालकाे पनि स्वामित्व ग्रहण गरेको हो ।

प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र विदेशिइरहेका विद्यार्थीहरु राेक्ने उद्देश्यले प्राविधिक तथा व्यवसायिक शिक्षा पनि सुरु गरिएकाे कलेजका अध्यक्ष सुवास घिमिरेले बताए । उनले भने, ‘प्राविधिक शिक्षाका लागि विदेशिने विद्यार्थी राेक्ने र नेपालमा नै प्राविधिक क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने हाम्राे मुख्य उद्देश्य हाे ।’

व्यवहारिक र जीवन उपयोगी ज्ञानलाई प्राथमिकतामा राखेको यस कलेजले विद्यार्थीको सोच, चाहना, क्षमता र लक्ष्य अनुसारको शिक्षा प्रदान गर्दै आइरहेको कलेजका कार्यकारी निर्देशक कर्णबहादुर शाहीले बताए । उनले भने, ”पीजी टु पीजी’ अर्थात् ‘प्ले ग्रुप’देखि ‘पाेस्ट ग्र्याजुएट’ कार्यक्रम सञ्चालनकाे लागि सान इन्टरनेशनल कलेजले गरेकाे पहलमा प्राविधिक धारकाे शिक्षा जाेड्दा मुख चल्नेभन्दा पनि हात चल्ने सिपमुलक शिक्षा प्रदान गर्ने सिलसिलामा प्राविधिक शिक्षामा लामाे इतिहास बाेकेकाे निम्स्ट कलेज र ग्लाेबल अस्पतालकाे स्वामित्व ग्रहण गरेकाे छ ।’

उत्कृष्ट पठनपाठनसहित अतिरिक्त क्रियाकलापमा पनि अब्बल मानिएकाे सान कलेजले सुरु गरेकाे प्राविधिक शिक्षा विद्यार्थी भाइबहिनीका लागि निकै लाभदायक रहने विश्वास कलेजका कार्यक्रम संयोजक आशिक सिंह ठकुरीले बताए ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका १४, नैकापमा रहेकाे याे कलेजमा ‘प्लस टु’ अन्तर्गत विज्ञान र व्यवस्थापन समूहका विषयहरु पठन–पाठन हुने गरेका छन् । साथै, स्नातक तहमा बीबीए, बीएससी बायाेटेक्नाेलाेजी, स्नातकोत्तर तहमा एमबीएसमेत पठनपाठन हुने गरेको छ ।

कलेजमा डिजिटल कक्षाकोठा, इ- लाइब्रेरी, वर्कशप र सुविधासम्पन्न ल्याब रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१