काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुढानिलकण्ठमा भेटवार्ता भएको छ ।
बुधबार साँझ भएको भेटवार्तामा नयाँ सरकार गठनको विषयमा छलफल भएको हो । करिब साढे दुई घण्टा भएको छलफलमा नयाँ सरकारको गठन र मन्त्रीमण्डलको बारेमा छलफल भएको छ ।
कांग्रेस–एमालेको नयाँ समीकरण बनेपछि नयाँ सरकार गठनका लागि छलफल निरन्तर चलिरहेको छ ।