• २०८३ साउन १
  • 2026 July 17, Friday

सिमलताल पहिरोले बगाएका दुई बस र यात्रुको खोजी सुरु, गोताखोरको परिचालन

काठमाडौं । चितवनको सिमलतालमा पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ ।

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा राती ३ बजे पहिरो खस्दा दुई बस त्रिशुलीमा झरेका थिए । कुरिनटारबाट सशस्त्र प्रहरी बलको टोली र गोताखोरको टोलीले उद्धार कार्य सुरु गरेको हो ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नदीमा खसेका थिए । दुवै बसमा ६४ जना सवार रहेको अनुमान छ ।