• २०८३ असार १५
  • 2026 June 29, Monday

प्रधानमन्त्री ‘प्रचण्ड’ ले रोष्ट्रममा उभिएर भाषण गर्ने दिन अब आउँदैन : भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री ‘प्रचण्ड’ ले रोष्ट्रममामा उभिएर भाषण गर्ने दिन अब नआउने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री काम चलाउ अवस्थामा रहेको जिकिर गरेका हुन् । सरकार हुँदाहुँदै पनि कतिपय काम अन्योलमा रहेको पनि उनले बताए ।

उनले भने, ‘यो प्राकृतिक विपत्तिको अवस्थालाई जुन ढंगले भूमिका खेल्नुपर्ने हो तर यहाँ सरकारले काम चलाउको रूपमा भूमिका खेल्यो । यति सबै कुरा बुझ्दाबुझ्दै पनि यो १० दिन उहाँले समय लिनुभयो र देशमा सरकार विहीनताको अवस्था सिर्जना गर्नुभयो । केही मानिसले प्राकृतिक विपत्तिमा आफ्नो ज्यान गुमाउनुभयो । ’

साथै उनले अब प्रधानमन्त्री प्रचण्डले रोष्ट्रममामा उभिएर भाषण गर्ने दिन नआउने बताए । प्रधानमन्त्री बन्न नपाउने हो की भनेर प्रचण्डले कडा आक्रोश व्यक्त गरेको उनले आरोप लगाए ।