काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन् ।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै पदमुक्त भएका हुन् ।
एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्याे। उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ ।
प्रधानमन्त्री आज आफ्नो १९ महिने प्रधानमन्त्री कार्यकालमा पाचौँ पटक विश्वासको मत लिएका हुन् ।