• २०८३ साउन १
  • 2026 July 17, Friday

सिमलताल बस दुर्घटना अपडेटः थप दुईजनाको शव फेला

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेको बसमा सवार थप दुईजना यात्रुको शव भेटिएको छ ।

सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुईवटा बसमा सवार यात्रुमध्ये थप दुईजनाको शव भेटिएको चितवन प्रहरीले जनाएको छ ।

आज चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरार्सी पूर्व गैँडाकोटमा ती शव भेटिएका हुन् । आज भेटिएका दुई शवको शनाखत हुन बाँकी छ । यसअघि शनिबार तीनजनाको शव भेटिएको थियो । अहिलेसम्म पाँच जनाको शव भेटिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोरले बस र यात्रुको खोजी जारी राखेका छन् ।