• २०८३ साउन १
  • 2026 July 17, Friday

कोटिहोम महायज्ञका लागि साइकलमार्फत प्रचार

काठमाडौ । पशुपतिस्थित वनकालीमा साउन १ गतेदेखि आयोजना गरिने कोटिहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत साइकल र्याली आयोजना गरिएको छ ।

मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा एक महिनासम्म हुने कोटिहोम महायज्ञको प्रचारका लागि र्याली आयोजना गरिएको हो ।