ओभरडोज औषधी खुवाएर करुणा अस्पतालमा ६ दिनको बच्चा मारियो (भिडिओसहित)

काठमाडाैं । काठमाडौंको बुढानिलकण्ठ भंगालस्थित करुणा अस्पतालमा बिरामी शिशुकाे मृत्यु भएपछि तनाव सुरु भएको छ । सामान्य रुपमा जन्मिएकाे भनिएकाे शिशुकाे छैटाैँ दिनमा मृत्यु भएकाे हाे ।

६ दिनअघि जन्मिएकाे बच्चालाई ओभरडोज औषधी दिएर मृत्यु भएको मृतकको परिवारको आरोप छ । अस्पतालको लापरबाहीका कारण हाइडाेजको एन्टिबायोटिकको कारण मृत्यु भएको भन्दै परिवारले शव बुझेका छैनन् ।

मृत्युको विषयमा अहिले अस्पताल प्रशासन र परिवारबीच छलफल चलिरहेको छ ।

६ दिनअघि चितवनकाे रत्ननगर ९ कि विद्या रानाले जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । अर्काे शिशुमा समस्या देखिएपछि टिचिङ अस्पताल लगेर उपचार गराइरहेकाे र अहिले उक्त शिशुकाे अवस्था सामान्य रहेकाे पनि परिवारले जनाएकाे छ ।

स्वस्थ भनिएकाे उक्त शिशुकाे डाक्टरकै लापरवाहीले मृत्यु भएकाे परिवारले बताइरहेका छन् । उपचारमा संलग्न डाक्टरले भने शिशुमा गम्भीर स्वास्थ्य समस्या भएका कारण मृत्यु भएकाे प्रतिक्रिया दिएका छन् ।

हेर्नुहाेस् भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१