• २०८३ असार १५
  • 2026 June 29, Monday

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए ।

एमाले अध्यक्ष ओलीलाई आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए ।

ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्तमा भएका हुन् ।

प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

प्रधानमन्त्री ओलीले आजै कांग्रेस र एमालेका मन्त्रीहरु सामेल गरेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी छ ।