काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालनि महामन्त्री मुकुल ढकालले रास्वपाका सभापति रवि लामिछानेलक्षित स्टाटस लेखेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मुकुलले मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘रवि लामिछानेज्यू आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थाल्नु भएछ । तपाईँ आफ्नो स्तर देखाउँदै हुनुहुन्छ । तपाईँ जति सक्नुहुन्छ, गर्नुहोस्, मेरो शुभकामना छ । चिन्ता लिनु पर्दैन, मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन ।’
सोमवार रास्वपाका सह-प्रवक्ता रमेश प्रसाईले भिडियो मार्फत दिइएको अभिव्यक्तीप्रति मुकुलले सो स्टाटस लेखेका हुन्।
पछिल्लो समयमा मुकुल ढकालले रास्वपाका नेताहरुलक्षित सामाजिक सञ्जालमा स्टाटस लेख्दै आइरहेका छन् ।