• २०८३ असार १५
  • 2026 June 29, Monday

शरत्‌सिंह भण्डारी : दल बदल्दै १३ औँ पटक मन्त्री !

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता शरत्‌सिंह भण्डारी १३औं पटक मन्त्री बनेका छन् । केपी शर्मा ओली नेतृत्वको नवगठित सरकारमा भण्डारी पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका हुन् ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि उनी यही मन्त्रालयमा थिए ।

नेपालको इतिहासमा सबैभन्दा बढीपटक मन्त्री बन्ने उनी एक्लो व्यक्ति हुन् । नेपाली कांग्रेसका विजयकुमार गच्छदार १२ पटक मन्त्री बनेका छन् ।

महोत्तरी-२ बाट निर्वाचित सांसद भण्डारी पञ्चायत कालदेखि नै विभिन्न सरकारमा सहायकमन्त्री, राज्यमन्त्री र मन्त्री बन्दै आएका छन् ।

कहिले कुन मन्त्रालय ?

–०४४ फागुनमा पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री
–०४५ कात्तिकमा वाणिज्य राज्यमन्त्री
–०५२ मंसिरमा बिना विभागीय राज्यमन्त्री
–०५३ पुसमा बिना विभागीय मन्त्री
–०५४ असोजमा युवा, खेलकूद तथा संस्कृति मन्त्री
–०५६ जेठमा भण्डारी पुनः युवा, खेलकूद तथा संस्कृति मन्त्री
–०५६ फागुनमा स्वास्थ मन्त्री
–०५८ साउनमा स्वास्थ मन्त्री
–०६६ जेठमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री
–०६८ भदौमा रक्षामन्त्री
–०७८ जेठमा उर्जा मन्त्रालय
–०७९ चैतमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री
–०८१ असारमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री

२०३८ सालदेखि नै संसदीय चुनाव लड्दै आएका उनी सातौँपटक सांसद छन् ।

२०३८ साल, २०४२ साल, २०५१ साल, २०५६ साल, २०६४ साल, २०७४ र २०७९ सालको संसदीय निर्वाचन उनले जितेका थिए । २०४८ साल र २०७० सालमा पराजित भएका थिए ।