देशमा भएका प्रतिभाहरुको खोजि गरि सम्मान गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले, देशमा भएका प्रतिभाहरुलाई सम्मानसहित प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् ।बुधबार काठमाडौंमा छिन्नलता गीत पुरस्कार गुठीद्धारा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले नेपाल प्रतिभाहरुको देश भएको भन्दै उनीहरुलाई निखार्ने र प्रोत्साहन गर्ने काम छिन्नता पुरस्कार गुठीले गरेकोमा धन्यवाद दिएका छन् ।

उनले भने, ‘कला, संस्कृति, संगीत, बाद्यबादन र गायन यी सबै कुरालाई बुझ्ने र त्यसलाई प्रोत्साहन गर्न जान्ने त्यसलाई विकास गर्न सक्ने ठाउँ नै छिन्नलता गीत पुरस्कार गुठी हो । यो प्रतिभाहरुको देश हो । यहाँका प्रतिभाहरु सम्मानीत हुनुभएको छ खुसी व्यक्त गर्न चाहन्छु ।

यस्तो प्रतिभाहरुलाई खोजि खोजि सम्मानीत गर्ने र खोजि खोजि खानिबाट हिरा निकाले झै निकालेर कटिङ गरेर चम्काएर देखाउँने काम छिन्नता पुरस्कार गुठीले गरेको छ । म धन्यवाद दिन चाहन्छु ।’प्रधानमन्त्री ओलीले छिन्नलता गीत पुरस्कार गुठीलाई आगामी दिनमा पनि प्रतिभा खोजि गर्ने र सम्मान गर्ने कामको निरन्तरताको लागि शुभकामना दिएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१