
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ महिनापछि २४ सय अङ्कको बिन्दुमा पुगेको छ ।
यसअघि २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो ।
त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढ्दो स्थितिमा छ ।
दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक निरन्तर बढ्दै आएको हाे ।
असार १७ गते राति कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि सोही दिनदेखि बजार बढेको थियो ।
त्यसयताका १४ कारोबार दिनमा परिसूचक २ दिन मात्रै घटेको छ ।