• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

२७ महिनापछि २४ सय अङ्कमाथि नेप्से परिसूचक

हुलाक सञ्चार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ महिनापछि २४ सय अङ्कको बिन्दुमा पुगेको छ ।

यसअघि २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो ।

त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढ्दो स्थितिमा छ ।

दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक निरन्तर बढ्दै आएको हाे ।

असार १७ गते राति कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि सोही दिनदेखि बजार बढेको थियो ।

त्यसयताका १४ कारोबार दिनमा परिसूचक २ दिन मात्रै घटेको छ ।