• २०८३ असार १५
  • 2026 June 29, Monday

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

यही साउन २३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए ।